बिहिबार, बैशाख ०३, २०८३

चौंथो मैत्रीपुर्ण रनिङकप भलिबलको उपाधि स्टुडेन्ट युनियनले चुम्यो

टोकियो,६ वैशाख । चौंथो मैत्रिपुर्ण रनिङकप भलिबलको उपाधि स्टुडेन्ट युनियन नागायोले जितेको छ ।

गल्कोट स्पोर्टस क्लब टोकियोको आयोजनामा सम्पन्न भएको चौंथो मैत्रिपुर्ण रनिङकप भलिबलको युनियनले ज्वाला युथ क्लब चरौंदी नागायोलाई पराजित गर्दे उपाधि जित्न सफल भयो । १४ टिम सहभागी रहेको प्रतियोगिताको विजेताले ३० मान येन सहित चाँदीको कप र प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै उपविजेता बनेको ज्वाला युथ क्लब चरौंदीले २० मान यन सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

भलिबल

प्रतियोगिताको भर्सटाईल खेलाडीको उपाधि बिमल बुढाथोकीले हात पार्दा बेस्ट डिफेन्सको उपाधि केशव केसीले जित्न सफल भए । त्यसतै मनोज केसीले स्पोर्टसमेनसीप अवार्ड हात पार्दा प्रतियोगिताको उत्कृष्ट खेलाडी छवि थापा घोषित भए ।

खेलसैगै गायक कुलेंद्र बिक र रिता केसीले गीत गाएर मनोरञ्जन प्रदान गरेका थिए भने दिव्या नेपाल र गिट्सन नेपालले नृत्य प्रस्तुत गरेका थिए । प्रतियोगितामा अध्यक्ष रत्नसिंह बस्नेत सभापती खेलमा गल्कोट समाज जापानका अध्यक्ष नरबहादुर थापा प्रमुख अतिथिका रुपमा रहेका थिए ।