शनिबार, बैशाख ०८, २०८१

६ बर्षको कडा मेहनतपछि एक युवतीको कम्मरमा चमत्कार 

एजेन्सी । संसारका सबै केटी पतलो देखिन चाहन्छन् । ताकी मानिसहरुले उनको फिगरको तारिफ गरुन । एक युवतीले आफ्नो फिगर यसरी मेन्टेन गरेकी छन् की उनलाई देखेर मानिसहरु छक्क पर्छन ।

फिगर बनाउन युवतीहरुले धेरै पसिना बगाउने गर्छन । यी युवतीले यती पसिना बगाएकी छन् की उनको कम्मर बोतल जस्तै छ । शरिरका अन्य अंग मोटै देखिएपनि कम्मर भने निकै पातलो छ । यी युवती भनेज्वेलाकी मोडल एलेइरा एजेन्डानो हुन् । ६ बर्षको कडा मेहनतपछि उनको कम्मर यस्तो भएको हो ।
संसारकै सबैभन्दा अलग देखिका लागि उनले आफ्नो कम्मर २० इन्चको बनाएकी छन् । पतलो कम्मर बनाउनका लागि उनले २३ घण्टा टाइट कपडा लगाउथिन् । उनले २० पटक भन्दा बढी सर्जरी समेत गराएकी छन् । १९ बर्षको उमेरमा उनले पहिलो पटक छातीको सर्जरी गराएकी थिइन् । उनी परफेक्ट फिगरका माध्यमबाट संसारभर चिनिनँ चाहेको बताउँछिन् । आफ्नो फिगरसँग गहिरो प्रेम भएको उनको भनाई छ ।