सोमबार, बैशाख ०७, २०८३

जापान नेपालको असल मित्र राष्ट्र : राजदूत ओगावा

काठमाडौं,१ पुष । नेपालका लागि जापानी राजदूत मासासी ओगावा जापानी सम्राट अकिहितोको ८४ औँ शुभजन्मोत्सवका अवसरमा स्वागत समारोह आयोजना गर्नुभएको छ ।

शुक्रबार समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, मन्त्रिगण, पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री, नेपाल सरकारका विशिष्ट अधिकारी, नेपालको विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, नेपालमा रहेका जापानी नागरिकलगायत व्यक्तित्वको सहभागिता थियो । नेपाल र जापानबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

समारोहमा उपस्थित व्यक्तित्वलाई नेपालका लागि जापानी राजदूत ओगावाले स्वागत गर्दै जापान नेपालको एक असल मित्र राष्ट्र रहेको तथा नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक एवम् शैक्षिकलगायत विभिन्न क्षेत्रको विकासमा जापानले पुर्याउँदै आएको र आगामी दिनमा पनि नेपालको विकासमा सहयोग निरन्तर रहने बताउनुभयो ।