बिहिबार, बैशाख ०३, २०८३

नेपालमा पहिलो पटक राष्ट्रिय फुटसल लिग प्रतियोगिता हुने

काठमाडौं,१५ भदौ । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजना र एन्फा फुटसल समितिको व्यवस्थापनमा पहिलो पटक राष्ट्रिय फुटसल लिग हुने भएके छ ।
बुधबार एन्फा कम्प्लेक्समा पत्रकार सम्मेलन आयोजना गर्दै एन्फा फुटसल समितिका अध्यक्ष रमेश रायमाझीले प्रतियोगिताको बारेमो जानकारी दिए । प्रतियोगिता काठमाडौंको चपली हाइट स्थित चौर रक्रिएस्नल फुटसल सेन्टर र बैद्धस्थित स्तुपा स्पोर्टस हव फुटसल सेन्टरमा विहिवारवाट हुनेछ ।

लिगमा विभिन्न १६ वटा टिमको सहभागिता रहनेछ । दिनको आठ वटा खेलको दरले हुने प्रतियोगिताका लागि लाग्ने अनुमानित ३० लाख खर्चमा एन्फाले दश लाख ब्यहोर्नेछ भने बाँकी २० लाख टर्नपाइक इभेन्ट प्रालिले ब्यवहोर्ने बताइएको छ ।

लिग संचालनको जिम्मा टर्नपाइकले लिएको छ । प्रतियोगिताको विजेताले पाँच लाख जित्नेछ भने उपविजेताले दुई लाख पचास हजार पाउनेछ । साथै यस प्रतियोगिताबाट एएफसी फुटसल च्याम्पियनसिप छनोट प्रतियोगिताका लागि खेलाडी छनोट समेत हुनेछन् ।