शनिबार, मङि्सर १३, २०८३

जापानभरका २८ हजारभन्दा बढी सेवेन बैंकबाट जेएमई वॉलेटमा पैसा जम्मा गर्न सकिने

टोकियो । जापानमा नेपाली समुदायबीच रेमिट्यान्स सेवा प्रदान गर्दै आएको जापान मनि एक्सप्रेस (JME Remit) ले आफ्नो सेवा विस्तार गर्ने क्रममा जापानको Seven Bank सँग सहकार्य सुरु गरेको छ।

जेएमई रेमिटका अध्यक्ष ओम गुरुङका अनुसार यही डिसेम्बर १, २०२६ देखि जापानभर रहेका २८ हजारभन्दा बढी सेवेन बैंकका एटीएममार्फत QR Code प्रयोग गरी जेएमई वॉलेटमा रकम जम्मा गर्न सकिने सुविधा हुने गरी सेवा सुचारू गर्न लागेको छ ।
यस नयाँ सुविधाले जापानमा बसोबास गर्ने नेपालीसहित अन्य विदेशी समुदायका सेवाग्राहीलाई रकम जम्मा गर्न थप सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ।

विगत १६ वर्षदेखि जेएमई रेमिटले विश्वका विभिन्न प्रमुख देशहरूमा विप्रेषण सेवा सञ्चालन गर्दै आएको छ। जापानमा रहेका नेपाली समुदायलाई आर्थिक कारोबार तथा विप्रेषण सेवामार्फत सहजीकरण गर्दै आएको कम्पनीले नेपालको आर्थिक तथा सामाजिक विकासमा समेत योगदान पुर्‍याउँदै आएको जनाएको छ।

यसअघि पनि जेएमई रेमिटले Lawson का सबै एटीएम, जापान पोस्ट बैंक (JP Bank) लगायत अन्य बैंकिङ माध्यमबाट रकम जम्मा गर्न सकिने सुविधा उपलब्ध गराउँदै आएको थियो।
सेवेन बैंकसँगको नयाँ सहकार्यपछि जापानभरका २८ हजारभन्दा बढी एटीएमबाट QR Code मार्फत JME Wallet मा रकम जम्मा गर्न सकिने भएकाले सेवाग्राहीलाई थप सहजता हुने कम्पनीको विश्वास छ।

JME Remit का अध्यक्ष ओम गुरुङले नयाँ सेवा विस्तारबारे जानकारी दिँदै जापानमा रहेका नेपाली समुदायलाई आधुनिक तथा सहज वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले कम्पनीले सेवा विस्तारलाई निरन्तरता दिइरहेको बताएका छन्।

यसमा तपाईको प्रतिक्रिया