टोकियो,१३ भदौ । उत्तर कोरीयाले प्रहार गरेको मिसाईल जापानको आकाश हुदै प्रशान्त महाशागरमा खसेको र मिसाईलको तिन टुक्रा जापानको होक्काईडोमा झरेको जापानी सन्चार मध्यमले जनाएको छ ।
मगलबार आज बिहान ५ बजेर ५८ मिनेट जादा उत्तरकोरीयाले मिसाइल प्रहार गरेकाे जनाए छ । जापानकाे हाेकाईदाे क्षेत्रमा ६ बजेर १२ मिनेट जादा मिसाइल झरेकाे शंका गरिएको जापानी समाचार मध्यले जनाएकाे छ । अहिले जापानकाे सन्चार मध्यम तथा माेबाइलहरूमा बिहान देखि नै उत्तर काेरियाले मिसाइल प्रहार गरे लगात्तै अकस्मिक सुरक्षित सुचना दिइरहेकाे छ ।
जापान सरकारले मिसाइलबाट सबैलाई सुरक्षित हुन हाई अलर्ट जारी गरेपनि अहिले सम्म जापानको कुनै क्षेत्रमा कुनै क्षतिको समाचार छैन तर पनि जापान सरकारले पुर्वि उत्तरको क्षेत्र निशाना हुन सक्ने जानकारी दिएको छ ।
