बुधबार, भदौ १०, २०८३

भोटेकोशीमा भीषण बाढी: जनधनको अकल्पनीय क्षतिको अनुमान

ललितपुर । रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी आएको छ ।
रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले बुधबार बिहान करिब सवा ९ बजेको समयमा एक्कासि ठूलो बाढी आएको जानकारी आफूले पाएको बताए ।
बाढ़ीले बोर्डर आउट पोस्ट (बीओपी) मा खटिएका ९ जना सशस्त्र प्रहरी सम्पर्कविहीन भएका छन् ।

सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलैन्द्र थापाका अनुसार ९ सशस्त्र प्रहरी सम्पर्कविहीन रहेका छन् ।
नेपाल प्रहरीका तीन वटा प्रहरी कार्यालयमा क्षति भएको छ ।

रसुवा जिल्लामा मात्रै ३ वटा कार्यालयमा क्षति भएको विवरण प्राप्त भएको प्रहरी प्रधान कार्यालयले बताएको छ ।
नेपाल प्रहरीका तीन वटा प्रहरी कार्यालयमा क्षति भएको छ ।

प्रधानमन्त्रीले बोलाए आपत्कालीन बैठक
प्रधानमन्त्री बालेन शाहले आपत्कालीन बैठक बोलाएका छन् ।

भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि आवश्यक कदल चाल्न प्रधानमन्त्री शाहले आपत्कालीन बैठक बोलाएका हुन् ।

यसमा तपाईको प्रतिक्रिया