बिहिबार, असार ३२, २०८३

भेरी करिडोर सडकखण्डबाट स्रोत नखुलेको ५६ लाख नगदसहित दुई जना पक्राउ

काठमाडौँ । डोल्पामा स्रोत नखुलेको ५५ लाख ९० हजार रुपैयाँसहित दुई जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटस्थित भेरी करिडोर सडकखण्डमा संयुक्त सुरक्षा टोलीले बुधबार जाँचका क्रममा उक्त रकम बरामद गरेको हो ।

दुनैबाट छलतर्फ जाँदै गरेको भे १३ प ९२६५ नम्बरको मोटरसाइकल जाँच गर्दा चालक त्रिपुरासुन्दरी नगरपालिका–७ का ३२ वर्षीय विष्णुलाल रोकाय र पछाडि सवार सोही स्थानका ४२ वर्षीय भक्तिचन्द्र रोकायको साथबाट स्रोत नखुलेको ५५ लाख ९० हजार रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय डोल्पाका प्रतिनिधिको उपस्थितिमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको २१ सदस्यीय संयुक्त टोलीले जाँच गरेको थियो।प्रहरीले बरामद रकमसहित दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।

यसमा तपाईको प्रतिक्रिया