सिरहा । सिरहाको गोलबजार नगरपालिका–७ स्थित पुरानो चौक चोहर्वामा रहेको पशु हाटबजार परिसरको खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको ज्यान गएको छ । मृत्यु हुनेमा स्थानीय अवास शेषका १२ वर्षीया छोरी सबनम खातुन, १० वर्षीया छोरी रुबिना खातुन र सात वर्षीय छोरा साइफुल शेष रहेको प्रहरीले जनाएको छ ।
रौतहटको जिगरवा स्थायी घर भई लामो समयदेखि गोलबजारमा बस्दै आएका शेषका छोरीछोरी पशु हाटबजार परिसरमा रहेको खाल्डोमा पानीमा नुहाउने क्रमममा डुबेर मृत्यु भएको हो ।
गाई गोरुसहितका जनावरलाई पानी खुवाउने उद्देश्यले खाल्डो निर्माण गरिएको बताइएको छ । घटनालगत्तै स्थानीयवासी र प्रहरीले तीनै बच्चालाई उद्धार गरी उपचारका लागि अस्पताल पुर्यायाएका थिए । तर चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका हुन् ।

