आइतबार, असार २८, २०८३

गणेश नेपालीका परिवारसँग नौ बुँदे सहमति,घटनाका सम्बन्धमा छानविन समिति गठन गरिने

काठमाडौँ  । आत्मदाहपछि उपचारका क्रममा मृत्यु भएका मुगुका गणेश नेपालीको परिवार र सरकारबीच नौ बुँदे सहमति भएको छ।

सरकार र मृतक नेपालीका परिवारबीच भएको सहमतिअनुसार घटनासँग सम्बन्धित विभिन्न विषयलाई सहमतिका आधारमा सम्बोधन गर्ने समझदारी भएको जनाइएको छ। सहमति पत्रमा दुवै पक्षले हस्ताक्षर गरेका छन्।

 

नेपाली परिवार र सरकारबीच भएको सहमतिको दोस्राे बुँदामा गणेशलाई शहीद घोषणाका लागि निर्णय प्रकिया अगाडि बढाउनेबारे उल्लेख छ । जहाँ लेखिएको छ, ‘मृतक गणेश नेपालीलाई शहीद घोषणा गर्ने सम्बन्धमा प्रचलित कानुन, विगतको अभ्यास तथा गठन हुने छानबिन समितिको प्रतिवेदन र सिफारिसका आधारमा सरकारले आवश्यक निर्णय प्रक्रिया अगाडि बढाउने ।’

सहमतिको पहिलो बुँदामा भने घटनाको सत्यतथ्य र निष्पक्ष छानबिन गर्न सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा यथाशीघ्र एक स्वतन्त्र छानबिन समिति गठन गर्ने विषय उल्लेख छ । उक्त समिति गठन भएको मितिले सात दिनभित्र प्रतिवेदन नेपाल सरकारसमक्ष पेस गरिने विषय पनि सहमतिमा लेखिएको छ ।

यसमा तपाईको प्रतिक्रिया