सोमबार, असार १५, २०८३

बौद्धमा एक करोड बज्र गुरु मन्त्र जप तथा विश्व शान्ति पूजा हुदैं

काठमाडौं । प्राचिन अनुवाद एकमात्री गुरु संघ नेपालको आयोजनमा आगामी श्रावण पहिलाे साता पवित्र भुमि बौद्धमा भगवान बुद्धको महान तिथि छ्योकोर दुइचेन(धर्म प्रवर्द्धन दिवस)तथा गुरु पद्मसम्भव रिन्पोक्षेको महातिथिको पावन अवसरमा दोर्सो एक करोड बज्र गुरु जव साधना तथा विश्व शान्तिको लागि जगत कल्याण प्राणी हितको पुजा पाठ कार्यक्रम हुने भएको छ ।

श्रावण २ गते देखि ८ गते सम्म पवित्र भुमि बौद्धमा हुने दोर्सो एक करोड बज्र गुरु जव साधना तथा विश्व शान्तिको लागि जगत कल्याण प्राणी हितको पुजा पाठ कार्यक्रम-२०८३ मा धर्म गुरू,शुभचिन्तक धर्ममित्रहरु र उपासक उपासिकाहरुलाई सादर निमन्त्रणा गर्न र सबैमा सुचना सम्प्रेषण गर्न संस्थाको अध्यक्ष तथा कार्यक्रम संयोजक राजन कुमार थोकरको सभापतित्व र विभिन्न संघ संस्थाहरुको प्रतिष्ठित महानुभावको उपस्थितिमा आज आइतबार धार्मिक प्रारम्भ सन्देश कार्यक्रम राखिएको थियो ।

उक्त कार्यक्रममा सल्लाह सुझाव र धार्मिक सहयोगार्थ महानुभावहरुबाट शुभकामना मन्तव्य राखेका थिए । नेपाल शेर्पा संघको अध्यक्ष तथा वरिष्ठ सल्लाहकार लाक्पा ठिन्ले शेर्पा, बौद्ध मेलाम्ची घ्याङ गुठीको अध्यक्ष खडक जित लामा, सचिव तथा छोक्पाका संरक्षण टाशी कुमार लामा,बौद्ध कल्याण गुठिको उपाध्यक्ष श्रीजन लामा, छेभुम तामाङ सेवा समाजको अध्यक्ष सोनाम मोक्तान,शैलुङ रिकसुङ गोम्बा समितिका अध्यक्ष कृष्णा कुमार थोकर, नेपाल महिला शेर्पा संघकी अध्यक्ष थाक्ची शेर्पा, नेपाल महायान बौद्ध माणीप संघको उपाध्यक्ष कमला लामा,धर्म गुरु रत्न मंगल लामा, प्रशिक्षक धर्म गुरु सोनाम रुम्बा लगाएतले सल्लाह, सुझाव र धार्मिक महत्वबारे  सबैको प्रतिनिधित्व गर्दै शुभकामना राखेका थिए ।

उपाध्यक्ष सोनी सिं मोक्तानले स्वागत मन्तव्यबाट उपस्थिति सम्पूर्णमा स्वागत गरेकाे कार्यक्रममा संस्थाका सदस्यहरुबाट अष्ठ मंगल पाठ पुजा सँगै गुरु रिन्पोक्षेको थाङ्का प्रतिमामा म्हार्मे प्रज्ज्वलन गरि कार्यक्रम प्रारम्भ भएको थियो ।

कार्यक्रममा लागि अनुमनित खर्च विवरण संस्थाका उपाध्यक्ष खेल बहादुर तामाङले प्रस्तुत गरेका थिए भने उक्त कार्यक्रमको उदेश्य ,धार्मिक अनुष्ठान, धार्मिक मान्यता , बज्र गुरु जब साधनाको जनविश्वास र प्राणी हित कल्याण मोक्ष प्रति प्रकाश गर्दै संस्थाका महासचिव एवं धार्मिक अभियान्त टेक राज तामाङ्ले कार्यक्रम सञ्चालन गरेका थिए ।

कार्यक्रमको समय, स्थान  र मितिको सुचना सुचित गर्दै सबै सहभागी अतिथि धर्म गुरु , धार्मिक शुभचिन्तक , सहयोगार्थ महानुभावहरुलाई शब्द्ध रुपि धन्यावाद ज्ञापन गर्दै सभापति  सोनाम थोकरले कार्यक्रम समापन गरेका थिए ।

यसैगरी, कार्यक्रममा संस्थाका सल्लाहकार,आजिवन सदस्यहरु,पुर्व सदस्यहरु,प्रशिक्षक गुरु जन, प्रशिक्षार्थीहरु, कार्य समितिका सदस्यहरु,शुभचिन्तक धर्ममित्रहरु र उपासक उपासिकाहरु सबैमा यस कार्यक्रममा उपस्थित हुन हार्दिक सादर निमन्त्रणा गरिएको छ ।

यसमा तपाईको प्रतिक्रिया