मङ्गलबार, जेठ २६, २०८३

दरबार हत्याकाण्डको छानबिन प्रक्रिया अघि बढाउने गृहमन्त्रीको निर्णय

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राजदरबार हत्याकाण्डको थप छानबिन गर्ने घोषणा गरेका छन् । मन्त्रालयमा मंगलबार साँझ पदभार ग्रहण गर्दै उनले दरबार हत्या काण्डको अनुसन्धान गर्ने बताएका हुन् ।

२०५८ साल जेठ १९ गते भएको राजदरबार हत्याकाण्डबारे यसअघिका भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिनको प्रक्रिया अगाडि बढाउने निर्णय भएको उनले जानकारी दिए ।  गुरुङले आफू आउँदा धेरै जना खुसी हुँदा धेरै जना नै दुखी पनि भएको महसुस गरेको बताएका छन् ।उनले आफूमाथि जति आरोप लगाए पनि नेपाली नागरिक र महिलाहरूमाथि विनाप्रमाण चरित्र हत्या नगर्न चेतावनी दिए ।

यसमा तपाईको प्रतिक्रिया