रामेछाप । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा रामेछापको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
रास्वपा रामेछापको शनिवार उद्घाटन गरिएको प्रथम जिल्ला अधिवेशनबाट रमेश रायमाझीको नेतृत्वलाई नै निरन्तर दिने सहमति भएको हो । सुनापति गाउँपालिका निवासी रायमाझी दोस्रो कार्यकालको लागि रास्वपाको सभापति बनेका हुन् । उनकै नेतृत्वमा रास्वपा रामेछापले प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार डा. कृष्णहरि बुढाथोकीले जित हासिल गरेका थिए ।
प्रथम जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व बनाउनु पर्ने केही नेताहरूको जोड बल अन्ततः नेताहरूको सक्रियता पछि सहमति मै टुङ्गिएको हो । वर्तमान रायमाझीलाई सभापतिमा दोहोर्याउँदै उपसभापतिमा मोहन कार्कीले नै निरन्तरता पाएका छन् ।
त्यस्तै सचिवमा दिल बहादुर थापा दिनेश, सहसचिवमा भने टेकबहादुर सुनुवार, कोषाध्यक्ष समीक्षा श्रेष्ठले कोषाध्यक्ष पदमै दोहोरिएकी हुन् ।
अन्य सदस्यहरूको नामावली भने टुङ्गो लाग्ने क्रममा रहेको स्रोतको भनाई छ ।

