आइतबार, जेठ १०, २०८३

सर्वोच्चले कांग्रेस फुटायो, दुई पक्ष राखेर १५ औं महाधिवेशन गर्नुपर्छ : कोइराला

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा। शशांक कोइरालाले सर्वोच्च अदालतले कांग्रेस फुटाएको टिप्पणी गरेका छन् । शनिबार संस्थापन इतर समूहले पोखरामा गरेको गण्डकी प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै नेता कोइरालाले सर्वोच्चले कांग्रेस फुटाएको टिप्पणी गर्दै अब पार्टी एकता गरेर जानु अपरिहार्य रहेको बताएका हुन् ।

गगन थापाजीको ग्रुप थिएन, तैपनि फुट्यो । यो आश्चर्यजनक कुरा हो । किन फुट्यो भन्दाखेरी यो सर्वोच्च अदालतले फुटायो,’ नेता कोइरालाले भने । यसलाई अर्कै दृष्टिकोणबाट हेरिनुपर्ने उनले बताए ।
म बीपी कोइरालाको पुत्र, बीपी कोइरालाले बनाएको पार्टी, कत्रो पीडा होला म मा,’ उनले भने, ‘यो यस्तो राम्रो, यत्रो सुन्दर पार्टी, यत्रो राम्रो विचार भएको, आज विभाजन भयो र चुनावमा हामीले परिणाम पनि भोग्यौं ।

अब पार्टीलाई कसरी एक गर्ने भन्ने चिन्ता आफूलाई रहेको उनले बताए । कसैले १५ औं महाधिवेशन एकताको गर्ने प्रस्ताव गरेको पनि उनले बताए ।
त्यसका लागि दुई वटै पक्षको मुख्य मान्छे राखेर १५ औं महाधिवेशन गर्ने अर्को बाटो रहेको उनले बताए ।

यसमा तपाईको प्रतिक्रिया