काठमाडौं । नेकपा एमालेका सांसद राजेन्द्र राईले बाँदरको समस्या समाधान गर्ने विकल्प खोज्न सरकारलाई ७ दिनको समय दिएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै जनताको सबैभन्दा ठूलाे समस्या अहिले बाँदर नियन्त्रण भएको बताए।
उनले भने, ‘तत्काल रूपमा बाँदरको समस्या समाधान गर्नका निम्ति सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु। बाँदरको समस्या समाधान गर्नका लागि चाहिएको कानुन होस्, चाहे जुन माध्यमद्वारा होस् सरकारले नियन्त्रण गरेन भने अब ७ दिनपछाडि सबै सदस्यहरूले यस बारेमा कुरा उठाउनुहुन्छ, यो सदन चल्न गाह्रो हुन्छ।’ उनले सात दिनसम्म बाँदरले समस्या समाधानको लागि खाका तयार नभए सदन चल्न गाह्राे हुने चेतावनी दिए ।

