शनिबार, बैशाख २६, २०८३

राज घिमिरेले जेष्ठ नागरिक दिवा सेवा केन्द्र बाडेगाउँलाई दिए ५० हजार सहयाेग

काठमाडौं । गाेदावरी नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राज घिमिरेले जेष्ठ नागरिक दिवा सेवा केन्द्र बाडेगाउँका लागि सहयोग गर्नुभएको छ ।

वडा अध्यक्ष घिमिरेले वडाबाट आफुलाई आउने भत्ताबाट गाेदावरी नगरपालिका वडा नम्बर १४ मा संचालित जेष्ठ नागरिक दिवा सेवा केन्द्र भवनमा कलर लगाउनका लागि ५० हजार रूपैयाँ सहयोग गर्नुभएको हाे । सामाजिक काममा सक्रिय रहनुभएका घिमिरे आफ्नो वडामा मात्रै नभएर आवश्यकताका आधारमा समाजमा दु:खमा परेका जाे काेहीलाई सहयाेग गर्नुहुन्छ ।

ज्येष्ठ नागरिकका लागि सेवा केन्द्र भेटघाट गर्ने र सुख दुःख साटासाट गर्ने थलो भएको बताउँदै अध्यक्ष घिमिरेले लामो जीवन भोगाइका अनुभवले खारिएका ज्ञान, सीपलाई सम्मान गर्नपर्ने विश्वासका साथ आफुले सहयोग गरेकाे बताउनुभयाे । त्यतिमात्रै हाेइन ज्येष्ठ नागरिक परिवारका संरक्षक र समाजका पथप्रदर्शक भएकाे वहाँ बताउनुहुन्छ ।

बाल्यकाल देखिनै सामाजिक काममा रुचि राख्दै आउनुभएका वडा अध्यक्ष घिमिरेले बिगत देखि नै सुत्केरी खुराक, जेष्ठ नागरिकका लागि नि:शुल्क स्वास्थ शिविरका साथै औषधि,विपन्न बिरामीलाई आफ्नो व्यक्तिगत तर्फबाट औषधि उपचार र जेहेन्दार बिपन्न विद्यार्थीहरुलाई विद्यालयमा लाग्ने शुल्क तिरेर पढाउँदै आउनुभएको छ ।

वडा अध्यक्ष घिमिरे भन्नुहुन्छजेष्ठ नागरिकका लागि औसधि, सुत्केरी खुराक, निशुल्क स्वास्थ शिविर, विपन्न विमारी तथा जेहेन्दार विपन्न विद्यार्थीका लागि गरिएको खर्च वडाबाट आउने सेवा सुविधा अर्थात भत्ताबाट नपुग भएमा म आफैले आफ्नो व्यबसायबाट आएका नाफाबाट खर्च गर्दैछु ।´<strong> वहाँले थप्नुभयाे</strong>-अब ५ वर्षमा अर्थात् आफ्नो कार्यकालभरीमा यी र यसरी जत्ती रकम ती अभियानमा खर्च हुँदै जाँदा मेरो मलाई प्राप्त हुने भत्ता जत्ती ५ वर्षको अन्त सम्म बाँकी रहन्छ त्यो भत्ता रकममा म आफैले त्यती नै रकम थप गरि मैले नगरभरीका गरिब , अफ्ट्यारोमा परेका , रोगी , बिपन्न , वृद्धवृद्धा र जेहेन्दार विद्यार्थीहरुलाई पढाउने कार्यलाई निरन्तर सहयोग गर्दै जाने र जेष्ठ नागरिक सहित सबैलाई सहयोग पुग्ने साझा कोष खडा गरि गोदावरी नगरपालिका भरी कै मेरा भगवान रुपी जनताको सेवा गर्ने पनि म आज समस्त माझ घोषणा गर्न चाहान्छु ।´

यसमा तपाईको प्रतिक्रिया