शनिबार, बैशाख २६, २०८३

नेपालको गौरव र प्रतिष्ठालाई वृद्धि हुनेगरी अघि बढ्न सभामुख अर्यालको आग्रह

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले नेपालको गौरव र प्रतिष्ठालाई अझ वृद्धि हुनेगरी नेपालको कूटनीतिलाई अघि बढाउन सम्बद्ध सबै पक्षलाई आग्रह गरेका छन् ।

नेपाल विश्व सम्बन्ध परिषद्ले शुक्रवार काठमाडौंमा आयोजना गरेका एक कार्यक्रममा बोल्दै उनले कूटनीतिक नियोगहरूको सहभागितामा कुटनीतिक सफलताको नयाँ अध्याय शुरु गर्न आवश्यक रहेको बताए ।

नेपालको राष्ट्रिय महत्व बुझाउनका लागि अन्तर्राष्ट्रिय विज्ञहरूको उपस्थितिमा जनसहभागितामूलक कार्यक्रममा जोड दिन आवश्यक रहेको पनि उनले बताए ।

‘हामीले नयाँ पुस्तालाई देशको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, प्राकृतिक स्रोत, सम्पदा र संस्कृतिप्रति जागरुक गरी शिक्षाको माध्यामद्वारा प्रविधिको प्रयोग गरी अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागिता र जनसहभागिताका कार्यक्रमहरूद्वारा राष्ट्रिय महत्व बुझाउन जरुरी छ । जसले हाम्रा अन्तर्राष्ट्रिय सम्बन्धमा दीर्घकालीन रुपमा सकारात्मक प्रभाव पार्नेछ,’ उनले भने ।

शिक्षाको माध्यामद्वारा प्रविधिको प्रयोग गरी अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागिता र जनसहभागिताका कार्यक्रमहरूद्वारा राष्ट्रिय महत्व बुझाउन जरुरी रहेको उल्लेख गर्दै सभामुख अर्यालले त्यसले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा दीर्घकालीन रुपमा सकारात्मक प्रभाव पार्ने पनि बताए ।

यसमा तपाईको प्रतिक्रिया