सुनसरी । प्रहरीले सुनसरीको बराहक्षेत्रबाट भारतीय नम्बर प्लेटको एम्बुलेन्समा गाँजा बरामद गरेको हो । बराहक्षेत्र नगरपालिका–२ पुल्ठेगौंडाबाट मंगलबार बीआर ०७ पीसी ४७६५ नम्बरको एम्बुलेन्सभित्र १४८ किलो गाँजा फेला पारेको हो ।
प्रहरी निरीक्षक प्रकाश पराजुलीले एम्बुलेन्स चालक भारतको बिहारका १८ वर्षीय धर्मेन्द्रकुमार यादव र एम्बुलेन्समै सवार वीरपुरका २१ वर्षीय मोहमद सदामलाई पक्राउ गरेको जानकारी दिए । प्रहरीले उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

