काठमाडौं । बीपी राजमार्गमा राति सवारीसाधन संचालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले खुर्कोट–भकुन्डेबेसी सडकखण्ड साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन चलाउन रोक लगाउने निर्णय गरेको हो ।
प्रशासनले अरुबेला पनि रोशीखोलामा आउन सक्ने बाढी र मौसमको अवस्था मध्यनजर गरी आवश्यकताका आधारमा सडक आवागमनमा जुनसुकै बेला अल्पकालीन अवधिका लागि रोक लगाउन सकिने बताएको छ ।

