काठमाडौं । सरकारले वैशाख २८ गते संसद अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २८ गते दिउँसो २ बजे अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । सरकारले यसअघि वैशाख १७ गते अधिवेशन आह्वानका लागि सिफारिस गरेको थियो ।
सरकारको सिफारिस अनुसार राष्ट्रपतिले अधिवेशन आह्वान समेत गरेका थिए । तर त्यसको भोलिपल्टै सरकारले अधिवेशन आह्वान स्थगित गर्न लगाएको थियो ।
अधिवेशन स्थगित गरी सरकारले आठ वटा अध्यादेश ल्यायो । राष्ट्रपतिले आठ वटा अध्यादेश जारी गरेपछि सरकारले आज फेरि अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

