सोमबार, बैशाख २१, २०८३

मेरो चरित्रमाथि आघात पुग्यो: मुख्यमन्त्री बानियाँ

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हेटौँडा र काठमाडौंस्थित आफ्नो घरमा छापा मारेकोप्रति आपत्ति जनाएका छन्।
विभागले छापा मारेपछि विज्ञप्ति जारी गर्दै आफ्नो चरित्रमाथि आघात पुर्‍याइएको बताएका छन्।
उनले आफ्नो राजनैतिक र व्यावसायिक जीवनका बारेमा गर्ने अनुसन्धानलाई आफूले सकारात्मक रूपमा लिने बताएका छन्।

विज्ञप्तिमा भनिएको छ, तर विभिन्न सञ्चारमाध्यममा आएको समाचार अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको नाममा गरेको छापामारीले मेरो व्यक्तिगत एवं सामाजिक चरित्रमाथि आघात पुगेको महसुस भएको छ।

राज्यको जुनसुकै निकाले अनुरोध गर्न पनि अनुसन्धानका लागि आफू भौतिक रूपमा उपस्थित हुने अवस्थामा छापा मारेकोप्रति उनको असन्तुष्टि छ। उनले संवैधानिक र कानुनी दायरामा रहेर गरिने हरेक अनुसन्धानमा आफ्नो समर्थन र सहयोग रहने विज्ञप्तिमा उल्लेख छ।

यसमा तपाईको प्रतिक्रिया