काठमाडौँ । प्रहरीले नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले श्रेष्ठलाई मंगलबार काठमाडौँबाट पक्राउ गरेको हो ।
उनलाई धितोपत्रसम्बन्धी ऐन, २०६३ विपरीतको कसुर गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

