आइतबार, बैशाख १३, २०८३

भक्तपुरको मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु

भक्तपुर । भक्तपुरको मनोहरा खोला किनार क्षेत्रका अतिक्रमित संरचना तथा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु भएको छ  ।

हिजोढुङ्गामुढा भएको ठाउँबाटै बस्ती हटाउन  सुरु भएको हो । शनिबार बस्ती खाली गराउन पुगेको डोजरमाथि साँझ त्यहाँका स्थानीयले ढुंगामुढा गरेका थिए ।

मनोहरा खोला किनारस्थित सुकुमबासी बस्तीमा अनधिकृत रूपमा बनाइएका घरटहरा हटाउन सुरु गरिएको छ । आज बिहानैदेखि बस्तीमा भक्तपुरबाट खटिएका एक हजार ३०० नेपाल प्रहरी र ६०० सशस्त्र प्रहरी परिचालन गरेर संरचना भत्काउन सुरु गरिएको जिल्ला प्रहरी परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार उक्त बस्तीका बासिन्दाले आफैँ आफ्ना घरटहरा भत्काउने भनेपछि बिहान ९ः०० बजेसम्मको समय दिइएको थियो । त्यसपछि भने काठमाडौँ महानगरपालिकाको डोजरसहितको टोली आएपछि घरटहरा भत्काउन सुरु गरिएको हो ।

प्रहरी उपरीक्षक खड्काले भने, “यहाँका अधिकांश घरटहराबाट सामान सारेर खाली बनाएपछि भत्काउन थालिएको छ । यस बस्तीमा बस्तीमा सात सय ७७ घरटहरा छन् ।

 

यसमा तपाईको प्रतिक्रिया