काठमाडौं । नेपाल मगर महिला संघ केन्द्रीय समितिले आठौँ राष्ट्रिय महाधिवेशन आयोजना गर्ने भएको छ ।
बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत संघले २७ चैतदेखि काठमाडौंमा महाधिवेशन गर्ने जानकारी गराएको हो । समितिका अनुसार महाधिवेशनको मूल नारा “आदिवासी मगर महिलाको अभियान, आत्मनिर्णयको अधिकार सहितको पहिचान” भन्ने तय गरिएको छ ।
संघकी अध्यक्ष हिरुसरा रानाका अनुसार उद्घाटन कार्यक्रम काठमाडौंस्थित राष्ट्रिय सभागृहमा हुनेछ भने समापन २९ चैतमा पर्यटन बोर्ड, भृकुटीमण्डपमा गरिनेछ ।
कार्यक्रम बागमती प्रदेशका विभिन्न प्रतिनिधि, संघसंस्थाका अगुवा, पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहने उनले जानकारी दिइन् ।
महिलाहरूको हकअधिकार, समानता र पहिचानका मुद्दालाई केन्द्रमा राख्दै महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने उनले बताइन् ।

