बिहिबार, बैशाख १७, २०८३

अधिवक्ता डा. नारायणदत्त कँडेललाई महान्यायाधिवक्ता नियुक्त

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले अधिवक्ता डा. नारायणदत्त कँडेललाई महान्यायाधिवक्ता नियुक्त गरेका छन् ।

रास्वपा सभापति रवि लामिछानेको मुद्दामा कानून व्यवसायीको रुपमा काम गरिसकेका कँडेललाई आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नियुक्त गरेको हो । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम प्रधानमन्त्री बालेन शाहको सिफारिसमा कडेललाई उक्त पदमा नियुक्त गरेका हुन्।
राष्ट्रपतिको कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिअनुसार बागलुङका कडेललाई महान्यायाधिवक्तामा नियुक्त गरिएको हो।

महान्यायाधिवक्ता सरकारको मुख्य कानुनी सल्लाहकारका रूपमा रहने संवैधानिक पद हो।
कायममुकायम प्रधान न्यायाधीश सपना मल्ल प्रधान र कानुन मन्त्री सोबिता गौतम उपस्तितिमा महान्यायाधिवक्ता डा नारायण दत्त कँडेलले सपथ ग्रहण गरेका छन् ।