काठमाडौं । बौद्व एकल महिला समुहद्वारा आयाेजित नाै दिने बौद्ध धार्मिक कक्षा,ध्यान तथा प्रर्वचन कार्यक्रम सम्पन्न भएको छ ।
आईतबार एक कार्यक्रमकाबिच समुहका अध्यक्ष सतिला शोभा लामाको सभापतित्व तथा श्री बौद्वनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाकाे प्रमुख आतिथ्यतामा उक्त कार्यक्रमकाे समापन गरिएकाे हाे ।
कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि लामाले बौद्ध शिक्षा र दर्शनको ज्ञान बाँढ्ने उद्देश्यले समितिले यस्ता खाले कार्यक्रमहरू गर्दै आएकाे बताए । बौद्ध शिक्षाले सङ्गठित गर्न कुशल र असल नेतृत्वको उत्पादन गर्न मद्दत पुग्ने बताउँदै अध्यक्ष लामाले बौद्ध शिक्षाको अभ्यास भन्नु नै सुमार्गको अवसर भएकोले सहयोग गर्न पाउँदा आफु अत्यन्तै खुशी भएको बताए ।
यस्तै, समितिका सदस्य जानुका भण्डारी श्रेष्ठले बौद्व एकल महिला समुहले बौद्ध क्षेत्रका महिलाहरुलाई समेटी हरेक वर्ष धार्मिक तथा सामाजिक कार्यक्रम गर्दै आएकोमा समितिकाे तर्फबाट समुहलाई धन्यवाद व्यक्त गरिन् ।
त्यसैगरी,समाजसेवी टासी कुमार तामाले बौद्धको महत्व,बौद्ध धार्मिक प्रर्वचन कक्षा तथा ध्यानको विषयमा प्रकाश पारेका थिए भने समितिका सदस्य एवं ओम तामाङ सुख दुख सेवा गुठीका अध्यक्ष सुरुज लामा रुम्बाले बौद्ध एकल महिला समुहलाई कार्यक्रम अवधिभर भवन उपलब्ध गराई बौद्ध धार्मिक कक्षा,ध्यान तथा धार्मिक प्रवचन जस्तो पवित्र कार्यक्रममा सहयोग गर्न पाउनु आफु र गुठी गौरान्वित भएको बताए ।
समुहकी सचिव रेखा लामाले स्वागत मनतव्य राखेकाे उक्त कार्यक्रममा आन्नदपुर महिला समुहका अध्यक्ष शान्ति कुमारी लामा,गुठीका सचिव बिजय लामा लगायत महिला समुहका सदस्यहरूकाे उपस्थिति रहेकाे थियो।

