काठमाडौँ । नेकपा एमालेको संसदीय दलको नेतामा इलाम २ का युवा सांसद सुहाङ नेम्बाङले दाबी गरेका छन् ।
मंगलबार केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको संसदीय दलको बैठकमा सुहाङले दलको नेतामा आफ्नो दाबी प्रस्तुत गरेका हुन् ।
बैठकमा संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतकको टुंगो लगाइँदैछ । बैठकमा उनले युवाहरूको मागअनुसार आफू दलको नेता हुनुपर्ने दाबी सुहाङले गरेका हुन् ।

