आइतबार, साउन १०, २०८३

संगमटोल सुधार समाजको भवन उद्घाटन

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं ६ महांकाल स्थित संगमटोल सुधार समाजको भवन उद्घाटन गरिएको छ ।

श्री बौद्धनाथ क्षेत्र विकास समितिको आर्थिक सहयोगमा निमार्ण गरिएको उक्त सामुदायिक भवनको आज एक कार्यक्रमका विच समितिका अध्यक्ष राजकुमार लामाले रिवन काटी उद्घाटन गरेका हुन । संगमटोल सुधार समाजका अध्यक्ष तेज बहादुर बिष्टको अध्यक्षतामा भएको उक्त कार्यक्रममा श्री बौद्धनाथ क्षेत्र विकास समितिका पदाधीकारीहरु संगमटोल सुधार समाजको पदाधिकारी र स्थानियको उपस्थिति रहेको थियो ।

करिव ३५ लाखको लागतमा निर्माण गरिएको उक्त एक तले सामुदायिक भवन निर्माण भएसँगै आसपासका बस्तीका बासिन्दालाई सामूहिक कार्यक्रम, सभा तथा सामाजिक कार्य सञ्चालन गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले भवन निमार्ण पश्चात सामाजिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।  उनले भवनलाई स्थानीय समुदायको हितमा प्रयोग गर्न समेत अनुरोध गरेका थिए।