शिजुओका । जापानको फुजी इंटरनेशनल क्रिकेट स्टेडियममा शिज़ुओका युनाइटेडको आयोजनामा सेभेन सामूराई युनाइटेड प्रीमियर लीग सीजन २ भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा कुल ८ टोलीहरूको सहभागिता रहेको थियो, जसले खेललाई निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनाएको थियो।
फाइनल खेलमा टोक्यो ड्र्यागन्सले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल भयो। फाइनलमा टोकियो ड्र्यागन्सले आफ्नो सशक्त ब्याटिङ र सन्तुलित बलिङको मद्दतले विपक्षी टोलीलाई पराजित गर्दै ट्रफी उचालेको तेसै गरी एभेरेस्ट क्लबले उपबिजेताको स्थान प्राप्त गरेको छ्।बिजेता टोलीले नगत २ लाख ७५ हजार येन र उपबिजेता ले १ लाख १० हजार येन सहित पुरस्कार हात परेका छ ।
आयोजक शिजुओका युनाइटेडका अनुसार यस प्रतियोगिताले जापानमा क्रिकेटको विकास र लोकप्रियता बढाउन महत्वपूर्ण योगदान पुर्याएको छ। साथै, सहभागी खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरको अनुभव हासिल गरेका छन्।

