जापान । चौथो साता लाग्दा पनि इरानलाई परास्त गर्न अमेरिका र इजरायल करिब असफल भएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच जारी द्वन्द्व अन्त्य गर्ने विषयमा छलफल भइरहेको बताएका छन्।
उनले इरानका विद्युत् केन्द्रहरूमा गर्ने भनिएको सम्भावित सैन्य आक्रमण तत्काललाई स्थगित गरिएको जानकारी दिएका छन्।
ट्रम्पले कूटनीतिक प्रयासलाई अवसर दिन आक्रमण रोकिएको संकेत गरेका हुन्।
उनले दुवै पक्षबीच संवादको ढोका खुला रहेको र युद्ध अन्त्यतर्फ प्रगति हुन सक्ने बताएका छन्। उनले इरानसँगको वार्ता सकारात्मक र परिणाममुखी भइरहेको समेत बताएका छन् ।
ट्रम्पले आफ्नो सोसल मिडिया ट्रुथमा लेखेका छन्–इरानासँगा गहिरो र ठोस वार्ता शुरु भएको छ । यो साताभरी यस्ता वार्ताहरु जारी रहनेछन् ।
मैले ‘डिपार्टमेन्ट अफ वार’लाई इरानका पावर प्लान्ट र ऊर्जा पूर्वाधारमाथि गरिने सबै प्रकारका सैन्य आक्रमण पाँच दिनका लागि स्थगित गर्न निर्देशन दिएको छु।
पछि हट्न बाध्य भएको इरानको कडा टिप्पणी
इरानलाई परास्त गर्न अमेरिका र इजरायल सकस हुँदा मध्यपूर्वका अन्य अमेरिकाका सहयोगी देशहरुको अवस्था अस्तव्यस्त भइरहेको छ ।
इरानका आणविक संयन्त्रहरूमा आक्रमण स्थगित गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयलाई इरानले पछि हट्न बाध्य भएको भनेर कडा टिप्पणी गरेको छ ।
अफगानिस्तानको काबुलस्थित इरानी दूतावासले ट्रम्पले इरानको कडा चेतावनीपछि आक्रमण नगर्ने निर्णय गरेको प्रतिक्रिया दिएको छ । दूतावासका अनुसार इरानको स्पष्ट सन्देशपछि अमेरिका पछि हट्न बाध्य भएको हो ।
ट्रम्पले यसअघि इरानका आणविक तथा ऊर्जा संरचनामाथि ४८ घण्टाभित्र आक्रमण गर्ने चेतावनी दिएका थिए ।

