शनिबार, बैशाख ०५, २०८३

हामीलाई जनता धेरै पर्खनेवाला छैनन् : सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले नवनिर्वाचित सांसदहरूलाई जनताले सुम्पिएको जिम्मेवारीलाई हल्कारूपमा नलिन र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्न निर्देशन दिएका छन् ।
सांसदहरूका लागि आयोजना गरिएको संसदीय अभ्याससम्बन्धी २ दिने प्रशिक्षणलाई समापन गर्दै उनले अबको ५ वर्ष रास्वपाका लागि परीक्षाको घडी भएको बताएका हुन् ।

सभापति लामिछाने पुराना राजनीतिक दलहरूलाई जनताले ३०(३५ वर्ष पर्खिएको भए पनि रास्वपालाई त्यति समय कुर्न तयार नरहेको भन्दै सचेत सुनिए । ‘पुरानालाई ३५ वर्ष कुर्नुभयो, तर हामीलाई ३६ महिना पनि कुर्नुहुने छैन । यदि हामीले नतिजा दिन सकेनौं भने जनताले तुरुन्तै हिसाब खोज्नेछन् ।

पार्टीभित्र अनुशासनका लागि विधानमा ‘राइट टु रिकल’ ९सांसद फिर्ता बोलाउन सक्ने व्यवस्था० लाई कडाइका साथ लागू गर्ने उनको चेतावनी दिए ।सांसदहरूलाई अराजक नबन्न र पार्टीको नीति तथा नियमावलीभित्र रहेर काम लामिछानेले सचेत गराएका छन् ।

आफ्नो निर्वाचन क्षेत्रमा मात्र बजेट सोहोर्ने प्रवृत्ति लक्षित गर्दै रविले आफ्नो निश्चित क्षेत्र हेरेर अरु कुनै क्षेत्रलाई रुवाउन नपाइने बताए । सिंगो देश विकास हुँदा मात्र सबै क्षेत्रको विकास हुने उनको भनाइ छ ।

नेपाली राजनीतिमा लामो समयदेखि बिचौलियाको बिगबिगी रहेको भन्दै रविले कुनै पनि स्वार्थ समूह वा बिचौलियाको प्रभावमा नपर्न सांसदहरूलाई निर्देशन दिएका छन् । संसद छिर्नुअगाडि सहिदका आमाहरूको त्यागलाई सम्झिन उनको आग्रह छ । पार्टीमा राई(लिम्बू लगायत कतिपय समुदायको प्रतिनिधित्व छुट्न गएको उनले स्वीकारेका छन् ।
पुराना राजनीतिक दल र नेताहरूले त्याग र तपस्याका कारण आजको दिन आएको भन्दै रविले इतिहास रच्नमा एउटा मान्छे वा एउटा पार्टीको मात्र हात नहुने बताएका छन् ।