सर्लाही । नेपाली कांग्रेसका सभापति गगन थापाको निर्वाचन क्षेत्र सर्लाही क्षेत्र नं.४ मा मतदान सुरु हुनेबितिकै तनाव सुरु भएको छ ।
यस क्षेत्रको बसबरिया गाउँपालिका–३ भवानीपुरस्थित जनता माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान सुरु भएको केही समयमै विवाद उत्पन्न भएको हो ।मतदान केन्द्रमा जम्मा भएका मतदाताहरूबीच हुलदङ्गा भएपछि केही समय स्थिति तनावग्रस्त पुगेको थियो ।
यो घटनाले सर्लाही–४ लाई अति संवेदनशील निर्वाचन क्षेत्रका रूपमा चिनाइएको पुष्टि गरेको छ। निर्वाचन पूर्व नै जिल्ला सुरक्षा समितिले यस क्षेत्रका सम्पूर्ण ८१ मतदानस्थलहरूलाई अति संवेदनशील सूचीमा राखेको थियो। गगन थापा स्वयं काठमाडौंको आफ्नो मतदाता केन्द्रबाट मत खसालिसकेर हेलिकप्टरमार्फत सर्लाही पुगेका थिए, जसले यो क्षेत्रमा थप राजनीतिक ताप बढाएको छ।
विवादपछि भएको तनावले केहीबेर मतदान अवरुद्ध भएको थियो अहिले मतदान पुनः सुरु भएको छ ।

