जापान । नेपाल आदिवासी जनाजाति महासंघ जापानको नेतृत्वमा गुरुङ समाज जापानले दाबी गरेको छ । गत २४ मे २०२५ मा सम्पन्न भएको नेफिन जापानले १९ औं महाधिवेशनको हलमा भएको सम्झौता कार्यान्वयनको लागी अपील गर्दै नेतृत्वमा जीवनकुमार गुरुङ लाई सिफारिस गरी दाबी गरेको हो।
गत महाधिवेशन हलको सहमति र निर्वाचन समितिको सुचना अनुसार र सो सूचनामा उल्लेख गरिएको सबै प्रावधानहरु पुरा गरेर नेपाल आदिवासी जनजाति महासंघ नेपालको तमु हयूल छोज धी गुरुङ राष्ट्रिय परिषद (नेफिन केन्द्रमा आवद्द संस्था) को आधिकारिक शाखा गुरुङ समाज जापानले तत्कालिन समयमा उम्मेदवारी दिएको सम्बन्धमा तमु धी जापान र गुरुङ समाज जापान तथा नेफिन जापानको प्रतिनिधिको उपस्थितिमा तीन बुंदे सम्झौता भएको कुरा सार्वजनिक गरि कार्यान्वयनको लागि जापानका जनजातीय संघ -संगठनलाई एकजुट हुन समाजले एक विज्ञप्ति जारी गरी अपील गरेको छ ।
उक्त सम्झौताको बुदाँहरुमा उल्लेख भएबमोजिम तमु धी जापान र गुरुङ समाज जापान बीच औपचारिक रुपमा दुइ पटक र अनौपचारिक रुपमा धैरै पटक वार्ता र छलफल भएकोमा कुनै पनि सहमति हुन नसकेको हुदाँ र १९ औं महाधिवेसन मा गरिएको ३ बुंदे सम्झौतामा उल्लेखित ६ महिनाको समय अवधि सकी सकेको अवस्थामा गुरुङ समाज जापान र नेपाल आदिवासी जनजाति महासंघ नेपालको तमु हयूल छोज धी गुरुङ राष्ट्रिय परिषद (नेफिन केन्द्रमा आवद्द संस्था) को बैधानिक संस्था भएको र नेपाल आदिवासी जनाजाती महासंघ जापानको आवद्धता सम्बन्धमा नेपाल आदिवासी जनजाति महासंघ प्रवास संगठनको नियमावली “२०७९ को दफा ४ को उपदफा (क) मा विदेश स्थित विभिन्न महासंघहरुको हकमा नेपालमा आदिवासी जनजाति महासघं आवद्ध अनुसुचि ७ मा उल्लेखित जातिय सदस्य संगठनहरुलाई मातृसंस्था मानी सोही मातृसंस्थाले आधिकारिता प्रदान गरेको विदेश स्थित जातिय सदस्य संगठनलाई विदेश स्थित आदिवासी जनजाति महासंघमा आवद्धताको लागी योग्य मानिनेछ”भन्ने व्यवस्था उल्लेख गरेको समेत विज्ञप्तिमा खुलाएको छ ।
तमु धी जापानको प्रतिष्ठा र गरिमालाइ ध्यानमा राखी ६ महिनाको लागी सौहार्दपुर्ण वातावरण सिर्जना गर्न नेफिन जापानलाइ सहयोग गरेको हो, तर आज सम्मको हाम्रो संस्थाको तर्फबाट भएका प्रयासहरुबाट कुनै निष्कर्ष ननिकाल्ने तर समस्या मात्र देखाइ रहेको हुँदा आदिवासी जनजाति महासंघ प्रवास संगठनको नियमावली २०७९ विपरीत तमु धी जापानको प्रतिनिधि नेफिन जापानको अध्यक्ष पदमा भइरहनु उचित नहुने दाबी गुरुङ समाज जापान छ ।
नेफिन जापानको बल मिच्याइले आदिवासी जनजाति महासंघ प्रवास संगठनको नियमावली २०७९ लाई मिचेर गुरुङ समाज जापानलाई नेफिन जापानको सदस्यतामा रोक लगाउनु भनेको संस्थाको संस्थागत अधिकार प्रति हेपाह हुन जाने भएकोले तमु धीं जापान र गुरुङ समाज जापान तथा नेफिन जापानको प्रतिनिधिको उपस्थितिमा सम्झौता बमोजिम ६ महिनाका लागि गुरुङ समाज जापानले समर्थन गरेर पठाईएको अध्यक्ष श्री गुरूङको समयावधि सकिएको हुदां अब बांकी रहेको कार्यकाल गुरूङ समाज जापानको तर्फबाट जीवन कुमार गुरुङलाई नेपाल आदिवासी जनजाति महासंघ प्रवास संगठनको नियमावली २०७९ बमोजिम नेफिन जापानको अध्यक्षको पदमा सिफारिस गरी पठाएको व्यहोरा जानकारी गरेको समाजका अध्यक्ष युवराज गुरुङ र महासचिव मोती गुरुङले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।
नेफिन जापानको अध्यक्ष र महासचिव लाई गुरुङ समाज जापानले भेटेर औपचारिक पत्र बुझाएको थियो । उक्त पत्रको अहिले सम्म कुनै जवाफ नभएको हुँदा गुरुङ समाज जापान प्रेस विज्ञप्ति सार्वजनिक गर्न वाध्य भएको सो को बोधार्थ नेपाल आदिवासी जनजाति महासंघ,काठमाण्डौं नेपाल,तमु हयूल छोंज धी गुरुङ राष्ट्रिय परिषद्ल लगाएत संस्थालाई गरेको उल्लेख छ । 

