सोमबार, बैशाख ०७, २०८३

एकताको सन्देश लिएर जापान आएको हुँ : उपाध्यक्ष डा. शर्मा

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का उपाध्यक्ष डा. हेमराज शर्मासँग एकता सन्देश लिएर जापान आएको बताउनु भयो ।
टोकियोमा एनआरएनए जापानले आज आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष शर्माले चुनाब हार्दैमा संसार सकियो भन्ने भ्रम पाल्न नहुने बताउनु भयो ।
एनआरएन अभियानको समसामयिक अवस्था, पछिल्ला एकता प्रयासहरू तथा प्रस्तावित एकता महाधिवेशनका विषयमा भेटघाट, अन्तरक्रिया तथा विचार विमर्श कार्यक्रममा संघका अर्का उपाध्यक्ष रोबिन शेरचन सामू शर्माले दुई जाना हामी मिलेर जाने उद्घोष गर्नु भयो ।
आगामी फेब्रअरी तेस्रो साता हुने महाधिवेशनमा उपाध्यक्षद्वय शर्मा र शेरचनले अध्यक्षको दाबी गरेका छन।