आइतबार, जेठ १७, २०८३

प्रवास नेपाली सम्पर्क विभाग जापानको टोकियोमा शपथ ग्रहण सम्पन्न

टोकियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)निकट प्रवास नेपाली सम्पर्क विभाग जापानको नव निर्वाचित कार्य समितिको शपथ ग्रहण सम्पन्न भएको छ ।
टोकियोमा आज शनिवार प्रवास नेपाली सम्पर्क विभाग जापानको हालै सम्पन्न दोस्रो अधिवेसनबाट निवार्चित नयाँ कार्य समितिको शपथ ग्रहण सम्पन्न भएको हो ।

कार्यक्रममा नव निर्वाचित समितिलाई राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सदस्य तथा प्रवास नेपाली सम्पर्क विभागका उप-संयोजक अर्जुन अधिकारीले शपथ ग्रहण गराउनु भएको थियो ।
दोस्रो अधिवेसनले दीपक केसी प्रमुख, भोजेन्द्र सुवेदि र सुरेश केसि उप-प्रमुख, कविकिरण न्यौपाने सचिव, फनिन्द्र सुबेदी र कृष्ण गौतम सह-सचिव, कृष्ण गौतम कोषाध्यक्ष तथा चतुर्भुज सापकोटा सह-कोषाध्यक्ष रहेको १३ सदस्सिय नयाँ कार्यसमिति चयन गरेको थियो ।