जापान । रास्वपाको संगठन प्रवास नेपाली सम्पर्क विभाग जापानको दोस्रो महाधिवेशनबाट राष्ट्रिय समितिको प्रमुखमा दीपक केसी चयन हुनु भएको छ । जापानको प्रवास नेपाली सम्पर्क विभागले आफ्नो दोस्रो अधिवेशन मार्फत नयाँ नेतृत्व चयन गरेको छ ।
टोकियोमा आईतबार प्रवास नेपाली सम्पर्क विभागले आफ्नो दोस्रो अधिवेशनले सर्वसम्मत रूपमा नयाँ कार्यसमितिको सभापतिमा दीपक केसीलाई चयन गरेको छ । यसैगरि कार्यसमितिमा सर्वसम्मत नयाँ नेतृत्व चयन गर्ने क्रममा भोजेन्द्र सुवेदी र सुरेश केसी उपप्रमुखमा चयन भएका छन् ।
केसीले सभापतिमा चयन भएपछि आगामी कार्यकालमा संगठनलाई प्रवासी नेपालीहरूको हितमा अझ प्रभावकारी रूपले अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नवनिर्वाचित कार्यसमितिको सचिवमा कविकिरण न्यौपाने, सहसचिवमा फणिन्द्र सुवेदी, कोषाध्यक्षमा कृष्ण गौतम, सहकोषाध्यक्षमा चतुर्भुज सापकोटालाई सर्वसम्मत चयन गरेको छ ।
त्यस्तै, सदस्यका रूपमा मेघराज गौतम, यम प्रसाद भुषाल, रुपेन्द्र वली, श्रीकान्त घिमिरे तथा सरोज पौडेल चयन भएका छन् ।
कार्यक्रमका लागि नेपालबाट रास्वपाका विदेश विभाग उपप्रमुख अर्जुन अधिकारीको सहभागीता रहेको थियो । अधिवेशनमा जापानमा क्रियाशिल तीन दर्जन भन्दा बढि संघसंस्थाका प्रतिनिधिहरु सहित विभिन्न व्यक्तिहरुको सहभागीता रहेको थियो ।

