सोमबार, मङि्सर २३, २०८२

लोक तथा दोहोरीगीत प्रतिष्ठान जापानको अध्यक्षमा समुन्द्रराज पौडेल सर्बसम्मत चयन

टोकियो । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल जापान शाखाको चौथो अधिवेशन आइतबार टोकियोमा सम्पन्न भएको छ ।

अधिवेशनले समुन्द्रराज पौडेलको अध्यक्षतामा सर्बसम्मत नयाँ कार्यसमिति गठन गरेको छ । नवगठित कार्यसमितिको प्रथम उपाध्यक्षमा सोना केसी, द्वितीय उपाध्यक्षमा प्रेमकुमार बस्नेत, महिला उपाध्यक्षमा शिवा केसी, सचिबमा अर्जुन सुबेदी, सहसचिबमा दिपक कँडेल ‘सफल’, कोषाध्यक्षमा बिशाल क्षेत्री र सहकोषाध्यक्षमा बिष्णुहरि कँडेल चुनिएका छन् ।

यसैगरी सदस्यहरुमा बाला दुरा, मेघराज सापकोटा, गोकुल सापकोटा, सुरेन्द्र लाम्गाडे, तुल्सा सापकोटा, रेशम सुनार, सिर्जना कुँवर, रबिन देबकोटा, दुर्गेश कार्की, रामशरण रसाईली, विवेक काफ्ले (बिकास), जुना गौतम र तेजेन्द्र भण्डारी चुनिएका छन् ।

प्रतिष्ठान जापान शाखाका अध्यक्ष महेन्द्र न्यौपानेको सभापतित्व र प्रथम उपाध्यक्ष खेमराज पौडेलको स्वागत मन्तब्य रहेको अधिवेशन समारोहमा निर्वाचन समितिका संयोजक ऋषिराम कँडेलले सर्बसम्मत चयन भएको नयाँ कार्यसमितिको घोषणा गरेका थिए ।

अधिवेशन समारोहमा बोल्दै प्रतिष्ठान जापान शाखाका सल्लाहकार पिताम्बर चापागांई (पदमपाणि), वरिष्ठ पत्रकार तिलक मल्ल, एनआरएनएका अध्यक्ष सुभाष लामिछाने, प्रतिष्ठानका केन्द्रीय सदस्य सूर्य खड्का लगायतले नवगठित कार्यसमितिलाई बधाई तथा शुभकामना ब्यक्त गरेका थिए । प्रतिष्ठानका केन्द्रीय सचिव रामकृष्णबम मल्लको प्रमुख आतिथ्यतामा भएको अधिवेशन समारोहमा हाल जापान भ्रमणमा रहेकी नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माको पनि शुभकामना मन्तब्य रहेको थियो ।

यसमा तपाईको प्रतिक्रिया