सोमबार, मङि्सर २३, २०८२

पत्रकारहरूले जिम्मेवारीपूर्वक तथ्यलाई विशेष ध्यान दिनुपर्छ: केन्द्रीय अध्यक्ष शर्मा

जापान । नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले पत्रकारहरूले जिम्मेवारीपूर्वक तथ्यलाई विशेष ध्यान दिन आग्रह गर्नु भयो । पत्रकार महासंघ जापान शाखाको छैटौं अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिको टोकियोमा आईतबार शपथ ग्रहण तथा पदभार हस्तान्तरण कार्यक्रममा उक्त कुरा बताउनु भयो ।

पदभार कार्यक्रममा बोल्दै पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष शर्माले प्रवासमा रहेका पत्रकारहरू एकजुट भएर काम गर्न समेत आग्रह गर्दै प्रवासबाट पत्रकारिता गरेपनि पत्रकार आचारसंहिता पालना गर्न सबै पत्रकारलाई आग्रह गर्नु भयो । फरक प्रसंगमा बोल्दै अध्यक्ष शर्माले तोकिएको समयमा नै निष्पक्ष निर्वाचन हुनुपर्ने कुरामा जोड दिनुभयो ।
यसैगरी, पत्रकार महासंघ जापान शाखाले ‘प्रवासमा जिम्मेवार पत्रकारिता र सामाजिक सञ्जालको प्रयोग’ विषयक एकदिने प्रशिक्षण कार्यक्रमको सहजिकरण गर्दै अध्यक्ष शर्माले प्रवासमा काम गर्ने पत्रकारहरूले तथ्यपरक सूचना, पेशागत आचारसंहिता र सामाजिक सञ्जालको जिम्मेवारीपूर्ण प्रयोगमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नवनिर्वाचित कार्यसमितिको शपथग्रहण, प्रमाणपत्र वितरण तथा पदभार हस्तान्तरण गरिएको थियो । पत्रकार महासंघ जापान शाखाको छैटौं अधिवेशनबाट रविन्द्र श्रेष्ठको नेतृत्वमा कार्यसमिति निर्वाचित भएको थियो ।

यसमा तपाईको प्रतिक्रिया