टोकियो । नेपाल पत्रकार महासंघ जापान शाखाको छैटौँ अधिवेशनको तयारी तीव्र बनेको छ । आगामी ३ वर्षे कार्यकालको लागि नयाँ समिति चयनको गर्न आज उम्मेदारी दर्ता हुँदैछ ।
पत्रकार महासंघ जापान शाखाको हिजो बिहिबारबाट औपचारिक रूपमा कार्यतालिका प्रकाशन भएसंगै अधिवेशनको तयारी तिव्र भएको हो।
नयाँ कार्यसमिति चयन गर्न जापानको टोकियोमा हुने अधिवेशनबाट सर्व सम्मत कार्य समिति चयन गर्नका लागि आवश्यक पहल गर्न संस्थापक अध्यक्ष तिलक मल्ल संयोजक, निवर्तमान अध्यक्ष मोहन घले, अध्यक्ष शान्त पहरी र खगराज गौतम प्रयास गरेपनी सहमति हुन नसकेपछी निर्वाचन हुने पक्का भएको छ ।
निर्वाचन प्रक्रिया अगाडि बढाउनका लागि संयोजक खगराज गौतम तथा पूर्ण चलाउने र खड्क सिंह गुरुङ सदस्य रहेको निर्वाचन समितिले बिहिबारबाट काम सुरु गरेको छ ।
पत्रकार महासंघ जापान शाखाको नयाँ कार्यसमिति चयन गर्न जापानको टोकियोमा नोभेम्बर २३ तारिख आईतवार हुने अधिवेशन र निष्पक्ष निर्वाचनको तयारी तिव्र पारेको महासंघ जापान शाखा अध्यक्ष शान्त पहरी जानकारी दिनुभयो ।
पत्रकार महासंघ जापान शाखाको भावी अध्यक्षमा वर्तमान उपाध्यक्ष रबिन्द्र श्रेष्ठ र सचिव राजन गौतम बीच कड़ा प्रतिस्पर्धा हुने देखिएको छ ।
नेपाल पत्रकार महासंघ जापानको निर्वाचन समितिको सम्पूर्ण जानकारी
fnj japan को आधिकारिक फ़ेशबुक पेजबाट यहाँ क्लिक गरी लिन सकिने छ ।


