जनकपुरधाम । धनुषामा गोली हानी वडाध्यक्षको हत्या भएको छ । मिथिला बिहारी नगरपालिका–९ का वडाध्यक्ष बिन्देश्वर यादवको हत्या गरिएको हो ।
उनलाई प्रहरी शम्भू यादवले गोली हानी हत्या गरेका हुन् । उनलाई धनुषा प्रहरीले हिरासतमा लिएको छ ।
गाउँमा श्राद्धको भोजमा दुई पक्षबीच भएको विवाद मिलाउन गएका वडाध्यक्षको हत्या गरिएको स्थानीयले बताएका छन् । हत्या गर्ने प्रहरी पनि सोही गाउँका रहेको स्थानीयले बताए ।

