टोकियो । जापानस्थित नेपाली राजदूतावास टोकियोले फोन सम्पर्कमा देखिएको समस्या समाधानका लागि नयाँ प्रणाली लागू गरेको छ। अबदेखि दूतावाससँग सम्पर्क गर्न र जानकारी लिन हटलाइन र ह्वाट्सएपमा सम्पर्क गर्न अपिल गरेको छ ।
दूतावासले बिहिबार एक सन्देश जारी गर्दै जापानवासी नेपालीहरूक गुनासो प्राथमिकता दिइने भएको छ।
दूतावासले जारी गरेको सूचनामा भनिएको छ कि जापानमा नेपालीको संख्या तीव्र गतिमा बढ्दै गएको र सोअनुसार दूतावासमा सेवाको माग अत्यधिक भएको कारण सम्पर्क प्रणालीलाई व्यवस्थित बनाइएको हो।
दूतावासका प्रमुख कार्यबाहक राजदूत हरिहर कान्त पौडेलका अनुसार, नेपाली तथा जापानी सहजताको लागि दूतावासले सीमित कर्मचारीले कार्यचापका बीच सरल र भरपुर सेवा प्रदान गर्ने बताउनु भयो ।
राजदूतावासबाट प्रदान गरिने सेवाहरु सम्बन्धी सूचना र अन्य आवश्यक जानकारीहरु प्रदान भईरहदाँ जापानमा नेपाली नागरिकहरुको संख्यामा भएको अत्यधिक वृद्वि र राजदूतावासको कार्यचापलाई समेत विचार गर्दा राजदूतावासमा सम्पर्क गर्नका लागि निम्नानुसार व्यबस्था मिलाईएको व्यहोरा अनुरोध गरिन्छ ।
१. दूतावासले प्रदान गर्ने सेवा र अधिकांश जानकारीहरू आधिकारिक वेबसाइट www.jp.nepalembassy.gov.np मा उपलब्ध छन्।
२. वेबसाइटमा नपाइएका वा स्पष्ट नभएका विवरणका लागि दूतावासको हटलाइन नम्बर ०७०–२१९८–३१५३ मा WhatsApp सन्देश पठाउन सकिनेछ। साथै, दूतावासको फेसबुक पेज “Embassy of Nepal in Tokyo, Japan” मा मेसेज पठाएमा पनि जवाफ दिने व्यवस्था गरिएको छ।
३. हरेक अङ्ग्रेजी महिनाको १ तारिख दिउँसो ५ देखि ५:४५ बजे दूतावासले आफ्नै फेसबुक पेजमार्फत लाइभ सेसन सञ्चालन गर्नेछ, जसमा सेवा र प्रक्रिया सम्बन्धी जानकारी दिइनेछ।
४. थप जानकारीका लागि दूतावासको फोन नम्बर ०३–३७१३–६२४१ मा सम्पर्क गर्न सकिनेछ।

