शुक्रबार, कार्तिक २२, २०८२

पत्रकार महासंघ जापानको छैटौँ अधिवेशन तयारी तिव्र, अध्यक्षमा ३ जनाको चर्चा

टोकियो । नेपाली पत्रकारहरूको साझा संगठन नेपाल पत्रकार महासंघ (FNJ JAPAN) जापान शाखाको छैटौँ अधिवेशन औपचारिक रुपमा प्रवेश गरेको छ ।
‘सूचनाको हक, प्रेस स्वतन्त्रता, श्रमजिवी पत्रकारहरुको हितमा हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित नेपाल पत्रकार महासंघ जापान शाखाको ६ औं अधिवेशन नोभेम्बर २३ तारीख टोकियोमा हुने महासंघले जनाएको छ ।
पत्रकार महासंघ जापान शाखाको आसन्न छैटौँ अधिवेशनको तयारी तिव्र पारिएको छ । पत्रकार महासंघ जापान शाखाको आईतावार सम्पन्न बैठकले अधिवेशन सञ्चालन, सहभागिता शुल्क तथा उमेदवारी शुल्क र निर्वाचन समिति, पत्रकार अक्षयकोष निर्माण लगायतका विभिन्न निर्णय गरेको छ । नयाँ कार्यसमिति चयन गर्न जापानको टोकियोमा नोभेम्बर २३ तारिख आईतवार हुने अधिवेशनको तयारी तिव्र पारेको महासंघ जापान शाखा अध्यक्ष शान्त पहरी जानकारी दिनुभयो ।

नयाँ कार्यसमिति चयन गर्न जापानको टोकियोमा हुने अधिवेशनबाट सर्व सम्मत कार्य समिति चयन गर्नका लागि आवश्यक पहल गर्न संस्थापक अध्यक्ष तिलक मल्ल संयोजक, निवर्तमान अध्यक्ष मोहन घले, अध्यक्ष शान्त पहरी र खगराज गौतमलाई जिम्मा दिने निर्णय गरेको छ ।
साथै बैठकले निर्वाचन प्रक्रिया अगाडि बढाउनका लागि संयोजक खगराज गौतम तथा पूर्ण चलाउने र खड्क सिंह गुरुङ सदस्य रहेको निर्वाचन समिति गठन गरेको छ ।
पत्रकार महासंघ जापान शाखाको भावी अध्यक्षमा सर्वसहमतिको प्रयास भैरहे पनि पत्रकारहरु कविकिरण न्यौपाने, रबिन्द्र श्रेष्ठ (गोर्खाली) र राजन गौतमले उमेदवारी दिने भएका छन् । न्यौपाने नेपाल पत्रकार महासंघ जापान साखाका संस्थापक सदस्य एवं वर्तमान सल्लाहकार हुन्। गोर्खाली उपाध्यक्ष र गौतम सचिव हुन्।

उद्घाटनसमारोहपत्रकारिताप्रशिक्षण तथा बन्द सत्र
मिति: २०२५-११-२३, आइतवार
समय :११:००~१५:३०
घोषणा
सभा
मिति: २०२५-११-२३, आइतवार
समय: १६:३०~
स्थान: Musashino place
東京都武蔵野市境南町2-3-18,4F
Near Musashi Sakai Station

यसमा तपाईको प्रतिक्रिया