सोमबार, मङि्सर २३, २०८२

एकताको विषयलाई लिएर माओवादी केन्द्र विभाजन हुन्न : प्रवक्ता सापकोटा

काठमाडौं । नेकपा माओवादी केन्द्रले एकताको विषयलाई लिएर पार्टी विभाजन नहुने प्रस्ट पारेको छ।  सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता अग्नि सापकोटाले माओवादी नफुट्ने बताए।

उनले भने, ‘जनार्दनजीको तरिका लोकतान्त्रिक र राजनीतिक पनि छैन, उहाँले केही कुरा लेखेर दिनुभएको छ। अध्यक्षसहित सबैले बस्नुस्, छलफल गरौँ, छलफल गरेपछि निष्कर्षमा पुगौँला भनेका थियौँ। उहाँको तरिका अराजक छ। तर, फुट्दैन।’

उनले शर्मालाई कारबाही गर्नेतिर पार्टीले नसोचेको बताए।