काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकमा ६ नेताले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग गरिएको छ । शुक्रबार बसेको सचिवालय बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र पार्टी पुनर्गठनका सवालमा नेताहरूले अध्यक्ष ओलीले मार्ग प्रशस्त गर्न राजीनामा दिनुपर्ने धारणा राखेका हुन् ।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली,अष्टलक्ष्मी शाक्य,विष्णु पौडेल, सुरेन्द्र पाण्डेले ओलीले मार्ग प्रशस्त गर्नुपर्ने धारणा राखेका हुन् । उनीहरुले अहिले नै वा चाँडो महाधिवेशन गरेर ओलीले मार्ग प्रशस्त गर्नुपर्ने धारणा राखेका हुन् ।
बैठकमा उपाध्यक्ष गुरु बराल र महासचिव शंकर पोखरेलले भने सङ्कटको बेला मिलेर जानुपर्ने धारणा राखेका छन् । त्यस क्रममा उनीहरुले २ दिने आन्दोलनको समग्र आत्मसमीक्षा गर्नुपर्ने र पार्टीलाई रूपान्तरण गर्नुपर्ने नेताहरूको भनाइ थियो ।
बैठकमा अध्यक्ष ओलीले प्रतिनिधि सभा पुनर्स्थापनामा जानुपर्ने धारणा राखेका थिए । त्यसमा पनि अधिकांश नेताहरूले चुनावलाई स्विकार्नु पर्ने भन्दै प्रतिवाद गरेका थिए ।
बैठकमा प्रतिनिधि सभा विघटनको विरोध गर्न सकिएला तर त्यसो भन्दैमा चुनावको विरोध गर्न नमिल्ने धारणा राख्ेका छन् । बाँकी उपमहासचिव र सचिवहरूले शनिबारको बैठकमा धारणा राखेपछि बैठक सकिनेछ ।