काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएका घटना जाँचबुझका लागि गठित उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगले नियमित फौजदारी प्रकियाका अनुसन्धान अघि बढाउन आयोगका कामले कुनै बाधा नपर्ने स्पष्ट पारेको छ ।
आयोगले काम गरिरहेका कारण भदौ २३ र २४ गतेको आन्दोलन सम्बन्धी घटनाको नियमित अनुसन्धान अहिले नहुने आसयको धारणा केही समय अघि गृह मन्त्रालयले सार्वजनिक गरेको थियो ।
प्रहरी लगागतका निकायले गर्ने नियमित अनुसन्धान नै प्रभावित हुने भन्दै गृह मन्त्रालयको उक्त निर्णयको विरोध भएको थियो ।
आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले यो विषयमा स्पष्ट पार्दै कुनै पनि नियमित काम गर्न आयोगको मुख ताक्न नपर्ने बताए ।

