जापान । चिबा प्रान्तस्थित फुनाबाशीमा बसोबास गर्दै आएका एक नेपाली युवकको हत्या भएको छ ।
नेपालको म्याग्दी घ भई पोखराका २१ वर्षीय बादल छन्त्यालको हत्या भएको हो । प्रहरीले दिएको प्रारम्भिक जानकारी अनुसार, उनको हत्या ३० वर्षीया जापानी युवतीले गरेकी हुन्।
छन्त्यालको परिवारका अनुसार, उनी र ती युवतीबीच करिब एक वर्षदेखि परिचय र चिनाजानी रहेको थियो। पछिल्लो समय उनीहरूबीच सम्बन्धमा तिक्तता आएपछि छुट्टिने निर्णय भएको र त्यसै सन्दर्भमा अन्तिम भेटका लागि होटलमा भेट्न पुगेको बुझिएको छ। आईतवार बिहान करिब ३ बजेसम्म छन्त्याल आफ्ना साथीहरूसँग सम्पर्कमा रहेका थिए। त्यसपछि सम्पर्क टुटेपछि खोजतलास गर्ने क्रममा उनका दाजु तेजिन छन्त्यालले आइतवार बेलुका ५ बजे तिर उनको मृत शरीर होटलको कोठामा भेटिएको पुष्टि गरेका छन्।
प्रारम्भिक अनुसन्धानअनुसार, छन्त्यालको शरीरमा दुई भन्दा बढी पटक छुरा प्रहार गरिएको छ। पोस्टमार्टम अक्टोबर ८ तारिखमा हुने तय भएको छ।