मङ्गलबार, बैशाख २९, २०८३

लुटपाट र सार्वजनिक सम्पत्ति तोडफोड नगर्न जेनजीको आह्वान

काठमाडौं । जेनजी आन्दोलनका कार्यक्रम संयोजकले आन्दोलनका क्रममा केही तत्त्वहरूले लुटपाट गर्ने र सार्वजनिक सम्पत्ति नष्ट गर्ने प्रयास गरिरहेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

कार्यक्रम संयोजक पुरुषोत्तम यादवले जारीगरेको विज्ञप्तिमा जेनजीले आफ्नो आन्दोलनको नाममा हुने लुटपाट र सार्वजनिक सम्पत्ति तोडफोडलाई कुनै पनि हालतमा स्वीकार नगर्ने स्पष्ट पारेको हो । साथै बुधवार सम्बन्धित पक्षहरूसँग वार्ताको चरणमा प्रवेश गर्ने जानकारी पनि दिएका छन् ।
‘हामी अहिले हाम्रो उद्देश्य नयाँ नेपाल निर्माणको नजिक पुगेका छौँ। तर, प्राप्त सूचनाअनुसार अझै पनि केही तत्त्वहरूले हाम्रो आन्दोलनको नाममा लुटपाट गर्ने, सार्वजनिक सम्पत्ति नष्ट गर्ने, र यसलाई असफल बनाउन खोज्ने प्रयास गरिरहेका छन् भन्ने बुझिन आएको छ कार्यक्रम संयोजक यादवले जारीगरेको विज्ञप्तिमा भनिएको छ।