काठमाडौँ । नेकपा एमालेले सरकारका गलत क्रियाकलापविरुद्ध विरोध र भण्डाफोर अभियान सञ्चालन गर्ने भएको छ ।
आइतबार बसेको पार्टी सचिवालय बैठकले सरकार स्वेच्छाचारी ढंगले अगाडि बढेको निष्कर्ष निकाल्दै सदन र सडकमा विरोध र भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
पार्टी उपमहासचिव लेखराज भट्टले सरकारका स्वेच्छाचारी क्रियाकलापका विरुद्ध आवश्यकताअनुसार सदन र सडकमा विरोध तथा भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए ।
बैठकले सरकार लोकतन्त्रको बाटोबाट विचलित हुँदै स्वेच्छाचारी र अधिनायकवादी बाटोतर्फ अग्रसर हुँदै गइरहेको निष्कर्षसमेत निकालेको छ । एमालेले पछिल्लो समय मुलुकमा बढ्दै गएको महंगी र अध्यादेशको समेत भत्र्सना गरेको छ ।

