सोमबार, भदौ २४, २०८१

१३ बूँदे अठोटका साथ एनआरएनए जापानको अध्यक्षमा निमा लामाको उम्मेदवारी

नागोया,१७ साउन । गैर आवासीय नेपाली संघ जापानको नयां नेत्तृत्व चयनको लागी अधिवेशन नाजिकिदै जादा अध्यक्षमा निमा लामाले आफ्नो उमेदवारी घोषणा गरेका छन ।
२७ वर्ष देखी जापान वस्दै आएका लामाले आफ्नो प्रतिवद्धता समेत सार्वजानिक गरेका छन । नागोयामा व्यवसाय गर्दै आएका लामा दुई कार्यकाल अघि तोकाई होकिरिकु नागोया क्षेत्रको एनआरएनए क्षेत्रीय संयोजक भएर काम गरेको अनुभव छ । त्यस वाहेक नेपालमा एक दर्जन भन्दा बढी संघ सस्थामा रहेर काम गरेको अनुभव रहेको भेट्को क्रममा बताउनू भयो । त्यो भन्दा पनि जापानमा रहेको हरेक नेपालीहरूको समस्या आफुले वुझेको र उहाहरुलाई हरसम्भव सहयोगी भई एनआरएनएको अध्यक्षको हैसियतले काम गर्ने आफ्नो चाहाना रहेको उहाले वताउनुभयो एनआरएनए अभियानलाई सार्थक दिशा दिनका लागि अथक प्रयास गर्ने भन्दै लामाले सकभर सहमतिय प्रणाली नभए निर्वाचन प्रक्रियाबाट नेतृत्वमा पुग्न पछि नहटने वताउनुभयो । यो अभियानमा जापानवासी सम्पूर्ण नेपालीको साथ र सर्मथन रहनेमा आफु विस्वत्त रहेको लामा वताए ।विगत लामो समय देखी नागोयामा रेष्टूरेन्ट व्यवशाय गर्दै आउनु भएका लामाको पछिल्लो समयमा नागोयामानै एभरेष्ट सुपरमार्केट संचालनमा छ ।
नयाँ नेतृत्वको लागी अधिवेशनको पूर्वसन्ध्यामा अध्यक्षमा निमा लामासंगै वर्तमान उपाध्यक्षहरु टासी लामा र देविलाल भण्डारी,महासचिव अनुज थापाको नाम चर्चामा रहेको छ भने वर्तमान अध्यक्ष सुदन थापाले पनि पूनः अध्यक्षमा दोहराउन सक्ने जानकारहरु वताउछन । एनआरएनए जापानको अन्य पदहरुमा पनि धमाधम उमेदवारी घोषणा भईरहेकोले नयाँ नेतृत्वको लागी तिव्र प्रतिप्रधा रहने देखिन्छ ।
@कविकिरण न्यौपाने

निमा लामाको अठोट पत्र
१,एनआरएनएलाई राजनीतिक मुक्त बनाउने ।
२,नेपाल जापान दुई देशविचको कूटनीतिसम्बन्धलाई बलियो गरी कायम राख्ने ।
३ ,सवै भाषा,धर्म र जातजातीको साझा संस्था बनाउने ।
४,जापानवासी नेपालीहरूको समस्या समाधान गर्ने ।
५ ,२७ वर्षको जापान बसाई र टोकाइ क्षेत्रको संयोजक भई काम गरेको अनुभवलाई सदुपयोग गर्ने ।
६, जापानको विकास,ज्ञान ,सिपलाई केहि रूपमा भए नी नेपाल लान पहल गर्ने ।
७, गैर्-आवशिय नेपाली संघको १३ ओटै क्षेत्रलाई सक्रिय बनाउने ।
८,जापानमा नेपाली सर्णाथी समस्यालाई समाधान गर्ने ।
९,जापानमा बढदै गरेको आत्महत्या समस्या समाधानको लागी पहल गर्ने ।
१०,व्यवसाय र कर्मचारीबीचको दूरी कम गर्ने ।
११, जापानमा नेपालीहरूको ब्यबसाय प्रति आकर्षण गर्ने ।
१२, जापानमा नेपालीहरूलाई कड़ाई गरेको भिसामा खुकूलो बनाउन पहल गर्ने ।
१३,नेपालमा पर्यटक बढ़ाउन प्रचार गरी जापानबाट पहल गर्ने