काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वकेन्द्रीय सदस्य मोहन थापा अमेरिकाबाट डिपोर्ट भएका छन् । अध्यागमन विभागका एक अधिकृतका अनुसार, उनलाई केही दिन अघि अमेरिकाले डिपोर्ट गरिदिएको थियो ।
केन्द्रीय सदस्य थापालाई गत फागुनमा अमेरिकामा पक्राउ परेका थिए । रास्वपाले उनलाई यसअघि नै पार्टी जिम्मेवारीबाट हटाइसकेको थियो ।

